रणबिर सिंह क्षेत्री ‘पुस महिनाको उत्कृष्ट प्रहरी’ घोषित
दार्चुला, माघ ४। जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी सहायक हवल्दार रणबिर सिंह क्षेत्रीलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मान गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले एक कार्यक्रमका बीच प्रहरी सहायक हवल्दार क्षेत्रीलाई प्रमाणपत्रसहित पुरस्कृत गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यालयका अनुसार क्षेत्रीले पुस महिनाभर शान्ति–सुरक्षा कायम राख्न, सेवाग्राहीमैत्री व्यवहार देखाउन तथा जिम्मेवारीलाई अनुशासित र प्रभावकारी रूपमा निर्वाह गरेकाले उनलाई उत्कृष्ट प्रहरीका रूपमा चयन गरिएको हो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक महतले कर्तव्यनिष्ठ, इमानदार र सक्रिय प्रहरी कर्मचारीको योगदानले प्रहरी संगठनप्रति जनविश्वास बढ्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्तै कार्यसम्पादन अपेक्षा गरिएको बताउनुभयो। सम्मान प्राप्त गरेपछि प्रहरी सहायक हवल्दार क्षेत्रीले जिम्मेवारी अझ निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस