हाम्रो बारेमा

सुदूरपश्चिमको डडेल्धुरामा रहेको सामुदायिक अमरगढी रेडीयो ५ सय वाट क्षमता भएको रेडियो हो। यो रेडियोका उपकरणहरु डिजिटल युक्त जडान गरिएका छन्। डिजिटल र अत्याधुनिक उपकरण भएका कारण यसको कभरेज एरिया सुदूरपश्चिमका सवै रेडियो भन्दा aढी रहेको एक गैर सरकारी संस्थाको सर्भेक्षणले देखाएको छ।

 

युएसएआईडी (USAID) नेपालको सहयोगमा ईक्वईल एक्सेस (Equal Access) नेपालले २०६८ सालमा गरेको सर्भक्षण अनुसार यस रेडियोको कभरेज एरिया भनेको सुदूरपश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका ७ जिल्लाहरुमा रहेको जनाएको छ।

 

त्यसकैै आधारमा गरिएको सर्भेक्षणमा अनुमानित २० लाख ५० हजार भन्दा बढी को हाराहारीमा रेडियो सुन्ने श्रोताहरु रहेको समेत उसले आफ्नो प्रतिवेदनमा उल्लेख गरिएको छ।

 

यस सामुदायिक रेडियोको स्टुडियो रहेको डडेल्धुरा जिल्ला, बैतडी, डोटी, अछाम, aझाङ्ग, afजुरा, दार्चुला र तराईका कैलालीको ६० प्रतिशत र कञ्चनपुरको ४० प्रतिशत क्षेत्रमा कभरेज रहेको र श्रोताहरुले सुन्ने गरेका छन् भने मध्यपश्चिमका दैलेख, जुम्ला, मुगु, हुम्ला, सुर्खेत, कालिकोट जिल्ला सम्म यसरेडियो को कभरेज एरिया रहेको छ।

 

यस रेडियोको स्टुडियो रहेको स्थान १९ सय मिटर उचाईमा रहेकाले यसको कभरेज क्षेत्रफल वढिरहेको सर्भेक्षण कर्ताहरुले जनाएका छन्। यस रेडियोको स्थापना २०६७ साल श्रावण महिनामा भएको थियो।

 

यस रेडियोको स्थापनाहुँदा सुदूरपश्चिमका केहि जिल्लाहरुमा मात्रै एफ=एम रेडियोहरु स्थापना भएका र अन्य रेडीयोको तुलनामा यस रेl8योको समाचार र मनोरञ्जनका कार्यक्रम स्थानिय भाषा र नेपाली भषामा रहेकाले अत्यन्त लोकप्रिय रहेका छन्।

 

त्यसैले यस रेडियो का श्रोताहरु aढीरहेको ईक्वईल एक्सेस (Equal Access)को सर्भेक्षणले देखाएको छ। यस रेडियो लाई अनलाईनमा समेत सन्नर पढ्नसक्ने भएकोले देश विदेशमा रहेका श्रोताहरुले समेत सुन्ने गरेका छन्। यो रेडियोकोे j]भसाई6 www.radioamargadhi.org हो।