सुदूरपश्चिम समाज कोरिया र निसर्ग हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता
धनगढी, साउन ११। सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सुदूरपश्चिम समाज, दक्षिण कोरिया बीच दुई वर्षे औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार, सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरूमा संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यस अन्तर्गत निसर्ग अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली खटाउनेछ भने सुदूरपश्चिम समाज, कोरियाले व्यवस्थापन तथा समन्वयमा सहजीकरण गर्नेछ।
स्वास्थ्य शिविरबाहेक, प्रत्येक महिना समाजको आधिकारिक फेसबुक पेज वा अन्य डिजिटल माध्यममार्फत भर्चुअल स्वास्थ्य परामर्श सेवा पनि सञ्चालन गरिनेछ। बालरोग, स्त्रीरोग, छालारोग, मानसिक रोग तथा मुटुरोग सम्बन्धी विषयमा विशेषज्ञहरूसँग परामर्श गर्न सकिनेछ।
यस सम्झौताबाट सुदूरपश्चिम समाज, कोरियाका साधारण सदस्यहरू तथा तिनका परिवारलाई निसर्ग अस्पतालमा विशेष छुट सुविधा प्रदान गरिने भएको छ। अस्पतालका विभिन्न सेवाहरू—जस्तै जनरल बेड, आईसीयू, एनआईसीयू, क्याबिन, एम्बुलेन्स, एक्स–रे, इको, प्याथोलोजी, दन्त उपचार र औषधिमा २० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ।
सम्झौतापत्रमा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम समाज, दक्षिण कोरियाका अध्यक्ष महेश भट्टले हस्ताक्षर गरेका छन्। कार्यक्रममा निसर्ग अस्पतालका कार्यबाहक अध्यक्ष हेमन्त ओझा, सुदूरपश्चिम समाजका पूर्व अध्यक्ष तथा अन्कुर नेपालका संयोजक धर्मराज जोशी, परिश्रमी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अक्कल बहादुर सिंह लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
दुवै पक्षले यो सहकार्यले सुदूरपश्चिम भेगमा स्वास्थ्य पहुँच अभिवृद्धि गर्नुका साथै प्रवासी नेपाली समाज र मातृभूमिबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस