युवकमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ

डडेल्धुरा, असोज १ । डोटीमा ३ युवकमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ गरेका छन । गएराती साढे १ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहारबाट ३ युवक घाइते भएका छन । 

घाइते हुनेमा जिल्लाको जोरायल गाउँपालिका वडा न–४ काफली बस्ने २१ वर्षीय महेश बोहरा सोही ठाउँ बस्ने २१ वर्षीय युवराज बोहरा र सोही ठाउँका २१ वर्षीय किशोर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

महेश बोहरा र युवराज बोहरालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र किशोर बोहराको सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।

सोही ठाउँ थलि स्थित केदार देवताको मन्दिरमा लागेको पूजापाठ तथा धार्मिक मेलामा फोटो भिडियो खिच्ने विषयमा विवाद भई झैझगडा हुँदा ३ युवक माथि खुकुरी प्रहार गर्ने कैलाली जिल्लाको चुरे गाउँपालिका–३ शान्तिपुरका २७ वर्षीय आदर्श बिक्रम विष्ट र चुरेकै २२ वर्षीय पवन साउँदलाई इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई