शुक्लाफाँटामा मंगलबारदेखि खुल्दै जंगल सफारी
कञ्चनपुर, असोज २५ । बर्खायाममा बन्द गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी मंगलबारदेखि खुला गर्न लागिएको छ।
दसैं–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने भएकाले त्यसअघि नै सफारी खुला गरिएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।
‘पानी परिरहेकाले अझै सबै रुटमा सफारी खुला गर्न सकिएको छैन,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘दसैं–तिहारमा घर आउने तथा अन्य पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरेका छौं ।’ उनका अनुसार निकुञ्जको मुख्यालय मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौलाहुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको हो ।
निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुग्ने रुट सफा गरिएको छ । घाँसे मैदान व्यवस्थापनको काम पनि भइरहेको छ । दसैंअघि २० हेक्टरसम्म घाँसे मैदान व्यवस्थापनको काम सकिने संरक्षण अधिकृत वाग्लेले बताए ।
‘पछिल्लो पटकको वर्षाले घाँसे मैदान व्यवस्थापनमा केही समस्या सिर्जना भएको छ,’ उनले भने, ‘अब वर्षा नभए दसैंसम्म वन्यजन्तु हेर्न सकिने गरी घाँसे मैदान व्यवस्थापन हुन्छ ।’ बर्खायाममा घाँस अग्लो हुने भएकाले घाँसे मैदानमा वन्यजन्तु देख्न कठिन हुन्छ । त्यसैले यहाँ हरेक वर्ष घाँसे मैदान व्यवस्थापन गरिन्छ । यसपटक पनि व्यवस्थापनका लागि ठेक्का दिइएको छ ।
५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । एकै स्थानमा हजारौंको संख्यामा बाह्रसिंगा देख्न सकिने भएकाले यो घाँसे मैदान पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ । पछिल्लो गणनाअनुसार यहाँ २३ सयभन्दा बढी बाह्रसिंगा छन् ।
निकुञ्जमा गत वर्ष गरिएको गणनाअनुसार ५० वयस्क बाघ, २३ गैँडा र हात्तीलगायत अन्य वन्यजन्तु पनि छन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज कम क्षेत्रफलमा बढी बाघ पाइने संरक्षित क्षेत्रका रूपमा समेत चिनिन्छ ।
निकुञ्जभित्र बाबाताल, रानीताल र पंछीताललगायत ठूला ताल छन् । यी ताल वन्यजन्तुका लागि पानीको स्रोत हुनुका साथै चराका प्रमुख बासस्थान पनि हुन् । गत वर्ष गरिएको गणनाअनुसार पन्छीतालमा २० हजारभन्दा बढी चरा छन् ।
निकुञ्जको पूर्वी सेक्टरमा रहेको हिरापुर फाँटामा कृष्णसार पनि छन् । संरक्षणका लागि छुट्याइएको उक्त फाँटामा ३ सयभन्दा बढी कृष्णसार रहेका छन् । यहाँ पनि पर्यटक आकर्षित हुने गरेका छन् ।
बाघ, गैँडा, हात्ती, बाह्रसिंगा र कृष्णसारलगायत वन्यजन्तु एकै स्थानमा देख्न सकिने भए पनि निकुञ्ज घुम्ने पर्यटकको संख्या भने बढ्न सकेको छैन । निकुञ्ज कार्यालयका अनुसार यहाँ वार्षिक ३ हजारदेखि साढे ३ हजारको हाराहारीमा मात्रै पर्यटक पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्थानीय हुन् ।
पूर्वाधार, प्रचारप्रसार र पर्यटनमैत्री गतिविधिको अभावका कारण यहाँ आउने पर्यटकको संख्या न्यून रहेको निकुञ्जका कर्मचारी र पर्यटन व्यवसायी बताउँछन् । सरकारले विशेष योजना ल्याएर प्रचारप्रसार बढाउनुका साथै पर्यटकलाई आकर्षित गर्ने गतिविधि सञ्चालन गर्न सके मात्रै यहाँ आउने पर्यटकको संख्या बढ्ने उनीहरूको भनाइ छ ।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै
कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस