सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर ​​​​​​​ देउवा पद मुक्त

धनगढी, भदौ २। सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर देउवालाई सदस्य पदबाट पद मुक्त गरिने भएको छ । लगातार सभाको १० वटा बैठकमा अनुपस्थित भएपछि प्रदेशसभा सचिवालयले उहाँलाई पद मुक्त गर्न लागेको हो ।

नेपाली कांग्रेसबाट कैलाली ५ (२) बाट निर्वाचित देउवा जेनजी आन्दोलनपछि गत वर्षको भदौ २८ मा अमेरिका उड्नु भएको थियो । 

व्यक्तिगत कामको सिलसिलामा अमेरिका गएको बेला स्वास्थ्यमा समस्या देखा परेपछि उपचार गर्नुपरेको व्यहोरा उल्लेखित पत्र गत चैतमा सचिवालयलाई पठाएर उहाँले आफ्नो पदको बचाउ गर्नुभएको थियो । तर, प्रदेश सभा सचिवालयले पद्मुक्त गर्ने भएको छ । 

उहाँलाई पद्मुक्त गर्ने निर्णय सदर गरिएको छ । भोलि बस्ने प्रदेशसभा बैठकमा निर्णय गरिएकोबारे जानकारी गराइने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १८० को (घ) मा सभालाई सूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित भएमा सम्बन्धित प्रदेश सभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता