सुदूरपश्चिममा मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्रीले आज शपथ लिँदै

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन्। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

एमाले संसदीय दलले प्रमुख सचेतक चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्रालय र उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

 

त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय भएको छ।

राज्यमन्त्रीका रूपमा भने जानकी ऐर बमलाई सिफारिस गर्ने निर्णय गरिएको छ।

प्रतिकृया दिनुहोस

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

डडेल्धुरा लगायत सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै

डडेल्धुरा : डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बैतडीका सडकको अवस्था दयनीय

बैतडी, साउन ३१। बैतडीका मुख्य सडक खण्डको मर्मतसम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था दयनीय बनेको छ। सडकमा