विपन्न तथा दलित महिलाहरुलाई १० ओटा सिलाई मेसिन वितरण ।।

प्रेम नेपालि, आर्दशगाँउपालिका, जेठ २७ डोटी,
डोटी जिल्लाको आदर्श गाँउपालिका–५ लामिखालका १० जना विपन्न, दलित तथा भूमिहीन महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ । 
महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयद्वारा कार्यान्वयन भईरहेको महिला शशक्तिकरण कार्यक्रमको आर्थिक सहयोग तथा डोटीको दिपायल सिलगढी नगरपालिकाको सहकार्य र डोटीस्थित गैर सरकारी संस्था दिगो विकास समाज (एसडीएस) नेपालले लामिखाल क्षेत्रका पाली, पीड, पोथ्यान र भाडीसैन लगायतका टोलका दलित, विपन्न तथा भूमिहीन महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको आर्दश गाँउपालिकाबाट हाम्रा सहकर्मी प्रेम नेपालीले खबर पठाउनु भएको छ ।  
सिलाई मेसिन वितरण कार्यक्रममा बोल्दै आदर्श गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष बिरभान धामीले परम्परागत रुपमा सिलाई पेशा गरिरहेका दलित महिलाहरुका साथै सिलाई पेशा गर्न इच्छुक विपन्न तथा भूमिहीन समुदायका महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै  दिगो विकास समाज (एसडीएस) नेपालका अध्यक्ष कृष्ण विकले  सिलाई व्यवसाय गर्न इच्छुक भएपनि लगानीको अभावमा व्यवसाय सञ्चालन गर्न नसक्ने समुदायका महिलाहरुलाई स्वरोजगार बनाउदै उनीहरुको शशक्तिीकरणका लागि सिलाई मेसिन वितरण गरिएको जानकारी दिनुभयो ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा