प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको पाँचौ तहको काम सञ्चालन ।।


अमरगढी एफ.एम.जेष्ठ २७ 
दिगो शान्तिका लागि उन्नत सम्बन्ध मुल नारा बोकेको प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको डडेल्धुरा पाँचौ तह सञ्चालन भएको छ । केन्द्रले डडेल्धुरा सदरमुकाममा आईतवार पाँचौ स्थापना दिवस तथा जिल्ला स्तरिय अभिमुखि करण कार्यक्रमको आयोजना गर्दै गत दुई बर्षको समयमा गरेका कामहरुको जानकारी गराउदै पाँचौ तह सुरु भएको जानकारी दियो । पाँचौ तहको दुई बर्षे अवधीमा केन्द्रले पाँच वटा बहु सरोकारका विवाद रुपान्तरण गर्नुका साथै दुई वटा विवादको पुनरावलोकन गर्ने जनाएको छ । 
गत दुई बर्षको चौथो अवधी केन्द्रले नवदुर्गा गाउपालिका २ मणीलेकमा प्रस्तावित मउरकट्टी सामुदायिक वन उपभोक्ता समितीको “उपभोक्ता छुट” सम्वन्धी विवाद, परशुराम नगरपालिका १ को भागेश्वर सामुदायीकवन उपभोक्ता समीती बोडा र भगवती महिला सामुदायीकवन उपभोक्ता समीती कलेना, पाथीविच “सिमाना” सम्वन्धी विवाद, अजयमेरु गा.पा.२ बसाना धुरापनौडा सामुदायीकवन उपभोक्ता समीती र विन्द्रा सामुदायीकवन उपभोक्ता समीतीको नेतृत्व तथा आन्तरीक सुशासन सम्वन्धी विवाद, र नवदुर्गा गा.पा.– १, कोटेली प्रस्तावीत भाडीवन सामुदायीकवन उपभोक्ता समीतीको “सिमाना” विवाद र ढाँणखोला सामुदायीकवन उपभोक्ता समीतीको “उपभोक्ताछुट” सम्वन्धी विवाद रुपान्तरण गरेको केन्द्रका डडेल्धुरा स्रोत व्यक्ति तेज बहादुर महरले प्रश्तुत गरेको प्रतिवेदनमा उल्लेख थियो । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा