बहु क्षेत्रीय पोषण खाद्य परिकार मेला २०७५ डडेल्धुरामा सम्पन्न ।।


जेष्ठ २६ डडेल्धूरा ।।
स्वस्थ जीवनका लागि सन्तुलित आहारको महत्व हुन्छ भन्ने ध्ययका साथ एक दिने बहु क्षेत्रीय पोषण खाद्य परिकार मेला २०७५ सनिबार डडेल्धुरामा सम्पन्न भएको छ । पोषण तथा खाद्य सुरक्षामा सुधार लयाउनका लागि र सुनौला हजार दिनका आमाहरुलाई पोषणको महत्वबारे जानकारी गराउनको लागि कार्यक्रमको आयोजना गरीएको अमरगढि नगरपालिकाका कृषि प्रशारक अधिकृत टेक बहादुर बिष्टले बताएका छन । 
कार्यक्रममा बोल्दै अमरगढि नगरपालिकाका नगर प्रमुख बिशेस्वर प्रशाद ओझाले यो मेलाले यहाका नागरीकलाई र सुनौला हजार दिनका आमाहरुलाई सकरात्मक सन्देश दिएको बताउदै नगरपालिकाका यस्तै बिभिन्न कार्यक्रमले केहि न केहि संन्देश दिएको बताउनु भयो । उनले सबैले आ–आफ्नो तह र तप्काबाट लागीपरे पोषण तथा खाद्य सुरक्षामा सुधार ल्याउन सकिनेमा जोड दिए । ‘हामीले पहिले आफ्नो आनीबानीमा परिवर्तन गरे विस्तारै घर–परिवार हुदैँ छिमेकी र गाउँ सम्म सुधार हुदैँ जान्छौं’ उनले भने । 
अमरगढि नगरपालिका कृषि साखा र राजयोग शेवा केन्द्र डडेल्धुराकोे आयोजनामा भएको कार्यक्रम वडा न ४ का अध्यक्ष खेमराज पाठकको अध्यक्षतामा सञ्चालन भएको हो । कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष, सुनौला हजारदिनका आमाहरु बिभिन्न सरोकारवाला नीकाय लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । 
 

डडेल्धुराका मुख्य व्यापारिक केन्द्रमा स्थानिय स्तरमा उत्पादित आलुको माग उच्च ।।

डडेल्धुरा जिल्लामा पछिल्लो समयमा स्थानिय स्तरमा उत्पादित आलुको माग दिन प्रतिदिन बढदै गएको छ । रासायनिक मल र विषादिको प्रयोग नगरि शुद्ध अर्गानिक

बुधबार परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिमका किसानहरु हर्षित ।।

गर्मीयाममा परेको पानीले डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रका कृषकहरु निकै हर्षित भएका छन । मकै छर्न र धानको बिँउ राख्नका लागि बैशाखको अन्तिम साता

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने ।।

डडेल्धुरा लगायत सुदूरपश्चिम क्षेत्रमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । बिगतका बर्षहरुमा यस सुदूरपश्चिम क्षेत्रमा मलको चरम अभाव हुने भएपनि

बझाङको छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति ।।

बझाङको बुङ्गल नगरपालिका–१ छतिवन गाँउमा परेको असिना पानीले गँहु तथा आलु खेतीमा ठूलो क्षति पु¥याएको छ । शनिबार बेलुकी परेको असिना पानीले ५५ परिवारले