पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल फास्ट ट्रयाक निर्माण कार्य अलपत्र ।।

कैलालीबाट ३ पहाडी जिल्ला जोड्ने खुटिया–विपीनगर–दिपायल दु्रतमार्ग फास्ट ट्रयाक ठेकेदारका कारण अलपत्र परेको छ । फास्ट ट्रयाक निर्माणका लागि सरकारले गत वर्ष नै विपीनगरमा छुट्टै डिभिजन कार्यालय स्थापना गरेपनि निर्माणको काम अझै सुचारु हुन सकेको छैन ।

ठेकेदारले नियतबस काम अघि नबढाउँदा चालू आर्थिक वर्षमा सम्पन्न गर्न लिइएको लक्ष्य पूरा नहुने फास्ट ट्रयाक डिभिजन प्रमुख राजेन्द्रप्रसाद शाहले बताए । डोटी क्षेत्रमा ट्रयाक खोल्ने ठेक्का सूर्य कन्ट्रक्सनले पाएको थियो ।

डोटी क्षेत्रमा पर्ने फास्ट ट्रयाक जोड्न सडक डिभिजन कार्यालय कुलपातेले दिपायलको राजपुर र विपीनगर दुबै तर्फबाट काम सुरु गरेको थियो । राजपुरबाट गड्सेरा अमौनडाडासम्म र विपीनगर कफलतडीसम्म ट्रयाक खुलेको छ ।

गड्सेराको अमनडाडा र विपीनगरको कफलतडीसम्मको ७ किलोमिटरमा ठेकेदारले ट्रयाक खोल्न लापरवाही गर्दा काम रोकिएको डिभिजन प्रमुख शाहले बताए । शाहका अनुसार चट्टान परेकाले ठेकेदार कम्पनीले फोडेर ट्रयाक खोल्न आनाकानी गरिरहेको छ ।

यसअघि, सडक कताबाट लैजाने भन्ने विषयमा स्थानीय वासिन्दाबीच नै विवाद हुँदा काम रोकिएको थियो । स्थानीय ध्वज देउवाले गड्सेराको अमौनडाँडाबाट चौकी हुँदै ट्रयाक खोल्ने कि बगाडा गाउँ भएर लैजाने भन्ने विषयमा विवाद हुँदा काम रोकिएको बताए । 
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको