पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६० प्रतिशत मतदान, उपत्यकाको मतगणना आजै ।।

पहिलो चरण अन्र्तगत तीन प्रदेशमा समग्रमा ६० प्रतिशत मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार ४९ लाख ५६ हजार ९ सय ९५ मतदातामा समग्रमा ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । ३४ जिल्लामा सबै भन्दा कम म्याग्दिमा ४९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा धेरै डोल्पामा ७५ प्रतिशत र मुस्ताङमा ७४ प्रतिशत मतदान भएको छ ।

यस्तै नुवाकोट, रसुवा र मकवानपुरमा ७० प्रतिशत मतदान भएको छ । तर मतदाताको अन्तिम नतिजा भने आँउन बाँकी नै छ । 
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन ऐतिहांसिक क्षण भएको बताउनुभएको छ ।

आज बिहान चितवनको भरतपुर महानगरपालिका ४ लंकुस्थित लक्ष्मी माबि केन्द्रमा उहाँले मतदानमा अपेच्छा भन्दा बढी सहभागिता देखेकाले आफु उत्साहित बनेको बताउनुभएको हो । 
पहिलो चरणको मतदान सकिए लगत्तै उपत्यकाका दुई महानगरपालिका र भक्तपुरका नगरपालिकामा आजै मतगणना सुरू हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुरका चारै नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने भएको हो । सबै केन्द्रबाट मतपेटिका आएपछि दलहरुको सहमतिमा आजैबाट मतगणना मतदान अधिकृतहरूले जानकारी दिएका छन । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री