फिल्म जेरो, शाहरुख खानलाई पर्दामा पुड्को देखाउने जिम्मा ४०० जनालार्इ ।।

बलिउडका किङ्ग खान भनेर चिनिने अभिनेता शाहरुख खान यतिबेलो फिल्म जेरो को छायाँकनमा व्यस्त छन् ।

शाहरुख यस फिल्मको छायाँकनका लागि अमेरिकामा छन् । खबरअनुसार फिल्मको क्लाइमेक्सको छायाँकन अमेरिकाको नासामा गरिँदैछ ।

फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा छन् । उनलाई पुड्को देखाउनका लागि  ४०० व्यक्तिको समूह विशेष तयारीमा जुटिसकेको छ । 

शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्लिज इन्टरटेन्मेन्टले फिल्मको भिएफएक्स ९ख्ँह०को जिम्मा लिएको छ । यस फिल्मका लागि ४०० जना भिएफएक्स आर्टिस्टहरुले काम गरिरहेका छन् ।

यो बाहेक अमेरिकाको स्टुडियोबाट समेत केही भिएफएक्स आर्टिस्टहरुलाई बोलाइएको छ ।

खबर अनुसार यस फिल्मको जम्मा बजेटबाट ७० करोड रुपैयाँ स्पेशल इफेक्टका लागि मात्र खर्च गरिनेछ । जसका कारण शाहरुखको यो फिल्म ‘बाहुबली’ पछि स्पेशल इफेक्टमा बढी लगानी गरेर तयार पारिएको दोस्रो महँगो फिल्म हुने बताइएको छ । 

फिल्म जेरो मा शाहरुख खानका साथै अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् । आनन्द एल रायको निर्देशनमा बन्न लागेको यो फिल्म २०१८ को डिसेम्बर २१ मा रिलिज हुनेछ । 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो