गर्मीका कारण डडेल्धुराका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै ।।

भावना पौडेल, जेष्ठ २४, डडेल्धुरा,
गर्मीको मौसम बढ्दै जाँदा डडेल्धुराका स्वास्थ्य संस्थामा बिरामीको संख्या पनि बढ्दै जान थालेको छ । जिल्ला अस्पताल डडेल्धुरामा आजभोलि दैनिक २०० भन्दा बढी बिरामी आउने गरेका उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमीत्त मेडिकल सुपरीटेन्डेण्ट जीतेन्द्र कडेलले जानकारी दिएका छन ।
हाल बढीजसो रुघाखोकी, आउमासी, पखाला, ज्वरो लगायतका बिरामीहरु उपचारका लागी आउने गरेको उनले बताएका छन । गर्मीको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेका छन । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला अस्पताल डडेल्धुरामा आउने बढीजसो बिरामीहरुमा महिला, बालबालिका तथा बृद्धबृद्धा रहेका छन । 
गर्मी समयमा जिल्ला अधिकांस स्थानमा पानीको अभाव हुँदा सरसफाईमा ध्यान नदिँदा समेत बिरामीहरुको संख्या बढ्दै गएको बताइएको छ । जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन । गर्मी मौसममा खानपिन र सरसफाईमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा