डडेल्धूरा किसानहरुको पछिल्लो समयमा आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै ।।

डडेल्धूराका किसानहरुको पछिल्लो समयमा आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ चुट्न, मकै छर्ने लगायतका काममा किसानहरुले आधुनिक कृषि यन्त्रहरुको प्रयोग गर्न थालेका हुन । 
खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रहरुले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको हो । 
पछिल्लो समयमा व्यवसायिक किसानहरुले हाते ट्याक्टरले खेत जोत्न थालेका छन यसका साथै धान गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न थालेका छन । 
समयको बचत तथा सहजताका लागी अहिले गाउँमा धेरैले ट्याक्टरले खेत जोतेका छन् । हाते ट्याक्टरले खेत जोत्न सजिलो भएकाले आफूहरुले केही बर्षयता देखी हाते ट्याक्टरको प्रयोग गरिरहेको स्थानीय वताउछन । 
हाते ट्याक्टरका साथै किसानहरुले थ्रेसर मेसिन समेत खरीद गरेको जिल्ला कृषि विकास कार्यालय डडेल्धूराले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयले विगतदेखि नै कृषिका आधुनिक उपकरणमा अनुदान दिँदै आएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा