डडेल्धुराका सबै स्थानीय तह बैंकिङ पहुचमा जोडिदै ।।

प्रदेश नं. ७ को भौगोलिक केन्द्र विन्दु मानिने डडेल्धुरा जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई आर्थिक कारोबारका लागि सहज हुने भएको छ ।
स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुन थालेपछि सहजता आउने स्थानीय बासिन्दाहरुको विश्वास छ । ७ ओटा स्थानीय तह रहेको डडेल्धुरा जिल्लामा सदरमुकाम रहेको अमरगढी नगरपालिका र भित्रिमधेस क्षेत्रको केन्द्रविन्दु मानिने परशुराम नगरपालिकामा मात्र केन्द्रित बैंकहरू पछिल्लो समय जिल्लाका अन्य ५ गाँउपालिकामा पनि विस्तार हुने क्रम शुरु भएको छ । 
स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको आलिताल गाउँपालिकामा नविल बैंकले शाखा सञ्चालनका लागि अन्तिम तयारी गरेको छ । बैंकले शाखा सञ्चालनका लागि घर भाडामा ल्याएर कार्यालय प्रयोजनका लागि मर्मत सम्भार समेत गरिसकेको र इन्टरनेट सेवा सुचारु भएसँगै आलितालमा बैंकिङ सेवा सुचारु हुने आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए । 
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने भागेश्वर गाउँपालिकामा पनि बैंक सञ्चालनका लागि तयारी भईरहेको भागेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । अजयमेरु गाँउपालिका, गन्यापधुरा गाँउपालिका र नवदुर्गा गाँउपालिकामा पनि बिभिन्न निजी क्षेत्रका बैंकहरुले शाखा सञ्चालनका लागि तयारी गरिरहेका छन । 
स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्माणको भुक्तानी, सामाजिक सुरक्षा भत्ता लगायतका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । 
गन्यापधुरा गाँउपालिकामा एभरेस्ट बैंकले शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ भने नवदुर्गा गाँउपालिकामा मेघा बैंकले शाखा सञ्चालनको तयारी थालेको नवदुर्गा गाँउपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले जानकारी दिए । 
दुई नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका ५ ओटै गाँउपालिकामा एक साता भित्रै बिभिन्न बैंकका शाखाहरु सञ्चालनमा आउने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले बताए । 
ग्रामीण क्षेत्रमा बैंक जानथालेपछि स्थानीय बासिन्दाहरुलाई आर्थिक कारोबारका लागि सहज हुने मात्रै नभई स्थानीय स्तरमा आर्थिक विकास र समृद्र्धीका लागि पनि बैंक स्थापना हुनु उपलब्धीमुलक हुने नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले बताए ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको