सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गोर्खाली सेनाले दिने ।।

यही जेठ २९ गते सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीचको ऐतिहासिक वार्ताको सुरक्षा नेपालको गोर्खाली सेनाले दिने भएको छ ।
सुरक्षाका लागि निकै चुनौतीपूर्ण मानिएपनि विश्वमै सबैभन्दा बहादुर सेनाकारुपमा कहलिएको गोर्खाली सेनाले सुरक्षा दिने ‘रोयटर्स’ले जनाएको छ ।
वार्ताका लागि दुवै देशका प्रमुखहरु आ–आफ्नो देशका सुरक्षाकर्मीका साथ सिंगापुर आउने भएपनि सिंगापुरका तर्फबाट गोर्खाली सेनाले सुरक्षा दिन लागेको हो । गोर्खाली सेनाले बैठकस्थल, वरिपरिका सडकलगायत महत्वपूर्ण स्थानहरुमा सुरक्षा प्रदान गर्नेछ ।
यसैको तयारीका निम्ति सिंगापुर प्रहरीले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा राखिने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ । 
 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा