सरकारको ध्यान गुणस्तरीय बालशिक्षामा केन्द्रित : प्रधानमन्त्री ।।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको प्रस्ट पारेका छन । प्रारम्भिक बालशिक्षाबारे मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अब सरकारको ध्यान गुणस्तरीय बालशिक्षामा केन्द्रित भएको बताए ।
विकाससँगै शैक्षिक क्षेत्रका सबै कार्यक्रमलाई अगाडि बढाइने बताउँदै प्रधानमन्त्री ओलीले अब कोही पनि बालबालिका शिक्षाबाट बन्चित नहुने दाबी गरे । प्रारम्भिक शिक्षा सबैका लागि निःशुल्क हुने भन्दै उनले सरकारले ग्रामीणमुखी शिक्षामा जोड दिइएको स्पस्ट पारे । पाँच वर्षभित्र नै बालबालिको मस्तिष्कको तीव्र वृद्वि हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक सिकाइमै जोड दिनुपर्ने बताए । उनले यही वर्षदेखि सरकारले बालशिक्षामा पर्याप्त बजेट विनियोजन गरेको जिकिर पनि गरे ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्षा सेवा पाएको भन्दै यो एसिया प्रशान्त क्षेत्रको अनुपातमा ६९ प्रतिशत भएको बताए । तीनदिने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका बालबालिकाको सिकाइ र अधिकारकोबारेमा छलफल हुने जनाइएको छ ।
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री