डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार, पानी आपुर्तिका लागि अमरगढी नगरपालिकाले निःशुल्क पानि वितरण गदै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले निःशुल्क पानि वितरण गर्न थालेको छ । आपुर्तीका लागि अमरगढी नगर कार्यपालिकाको बारुणयन्त्रबाट सदरमुकाम क्षेत्रमा पानी वितरण गरिन लागिएको हो । 
जिल्लाका बागबजार, तुफानडाँडा, किर्तिपुर, खलंंगा लगायतका क्षेत्रमा प्रति व्यक्तिलाई २० देखी ५० लिटर सम्म पानी वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । गर्मीयाममा खानेपानीको चरम अभाव भईरहेका बेला नगरपालिकाले घर–टोलमै पानी वितरण गर्न थालेपछि आफुहरुलाई राहत मिलेको स्थानिय बासिन्दाहरुको भनाई छ । 
सदरमुकाम क्षेत्रका नागरिकहरुलाई समस्या हुन नदिन पानी वितरण कार्य शुरु गरेको नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताउनु भएको छ । नगरपालिकाले टोल–टोलमै निःशुल्क पानी वितरण गर्न थालेपछि नगरबासी खुसी भएका छन । 
जिल्ला सदरमुकामको पानी आपुर्ती गर्ने मातरे खानेपानी योजनाको मुहानमै पानीको सतह घटेपछी सो समस्या सिर्जना भएको खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति डडेल्धुराले जनाएको छ । समितिले पानी अभावका कारण एक दिन विराएर वितरण गरिरहेको छ ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय