वन जङ्गल संरक्षण र सरसफाई बारे सचेतना फैलाउन डोटीका युवा साँस्कृतिक अभियानमा

वन जङ्गल संरक्षण र सरसफाई बारे सचेतना फैलाउन डोटीका युवा साँस्कृतिक डोटीका युवाहरुले वन जङ्गल संरक्षण र सरसफाई बारे समुदायमा सचेतना फैलाउनका लागि साँस्कृतिक अभियान थालेका छन् । कला सँस्कृति संरक्षणमा युवा अभियान डोटीमा आवद्ध युवाहरुले उक्त अभियान सञ्चालन गरेका हुन् । खास गरी यति बेलाको सुख्खा र गर्मी मौसममा जिल्लाका विभिन्न वनहरुमा आगलागी भइरहेको र सरसफाईको कमीले विभिन्न सरुवा रोगहरु फैलने बढी खतरा भएका कारण गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कला सँस्कृति संरक्षणमा युवा अभियान डोटीका सदस्य प्रेम नेपालीले बताएका छन् ।  पछिल्लो समयमा कुनै पनि कार्यक्रमहरुमा मन्तव्यभन्दा गीत सँगीतमा मानिसहरुको रुची बढ्दै गएका कारण एकल, दोहोरी, डेउडा गीतका माध्यमबाट सचेतना फैलाउने अभियान थालिएको नेपालीले बताएका छन् । वन अतिक्रमण, वन डढेलो नियन्त्रण, वन फडानी, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण र वनजङ्गल विनासबाट पर्ने असरहरुका साथै सरसफाईको अभावमा पर्ने नकारात्मक असरहरु बारे गीतका माध्यमबाट गाउँमा सन्देश दिन अभियान चालिएको हो । विभिन्न स्थानीय तहहरुसँग समन्वय गर्दै हालसम्म सायल गाउँपालिकाको छपाली, आदर्श गाउँपालिकाको गिरीचौका, दहकालिकास्थान, महादेवस्थान, लामिखाल लगाएतका क्षेत्रमा सचेतनामूलक साँस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

त्यस्तै आदर्श गाउँपालिकाकै बाँझककानी, कालिकास्थान, वोगटान गाउँपालिकाको गगुडा, धिर्कामाण्डौ, सातफरी, चवराचौतारा, सिमचौर, केदारअखडा, कानाचौर लगाएतका क्षेत्रमा पनि केहि दिनभित्रै कार्यक्रम सम्पन्न गर्ने कला सँस्कृति संरक्षणमा युवा अभियान डोटीमा आवद्ध युवाहरुको योजना छ ।

युवाहरुले सञ्चालन गरेको अभियान सकारात्मक भएको भन्दै दिपायल सिलगढी नगरपालिकाले वन जङ्गल संरक्षणमा टेवा पुग्ने सन्देशमूलक गीत उत्पादनमा समेत सहयोग गरेको छ ।

गाउँमा वनजङ्गल संरक्षण र सरसफाई बारे सन्देश र मनोरञ्जन एकै साथ प्रदान गर्ने गरी थालिएको अभियानमा स्थानीय तह, जिल्ला वन कार्यालय र अन्य सरोकारवालाहरुले पनि सहयोग गरिरहेको कला सँस्कृति संरक्षणमा युवा अभियान डोटीका कार्यवाहक अध्यक्ष झलक पालीले बताएका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा