ओली सरकारले ‘राष्ट्रघात’ गरेको भन्दै नेवि संघद्वारा विरोध प्रदर्शन

प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै काठमाडौंको घण्टाघर, दरबारमार्ग र रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिएको हो ।

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको समाचार संकलनमा नेपाली सञ्चारमाध्यमलाई रोक लगाएकोमा पनि विरोध गरेको छ ।

भारतीय सञ्चारमाध्यमलाई एकलौटी प्रवेश दिनु र नेपाली सञ्चार माध्यमलाई रोक लगाईनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले आपत्ति जनाए ।

नेपाली भूमिमा भारतीय सेनाको सुरक्षा गस्ती लज्जास्पद भएको भन्दै सरकार भारतीय इशारामा चलेको आरोप उनीहरुले लगाए ।

नेपाल विद्यार्थी संघले राष्ट्रिय अखण्डतामाथिको हस्तक्षेप बिद्यार्थीका लागि अमान्य हुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । प्रदर्शनका कारण यातायात व्यवस्थापन प्रभावित भएको थियो ।

उनीहरुले भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग समेत गरेका छन् ।  इमेजखबर 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री