खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने ।।

प्रदेश नम्बर ७ को महत्वपूर्ण पर्यटकीय स्थल खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । गङ्गा दशहराको अवसर पारेर नेपाली साहित्य तथा सांस्कृतिक प्रतिष्ठान गोदावरी कैलालीले पद्यात्रा तथा काव्य सम्मेलनको आयोजना गर्न लागेको हो । पद्यात्रा वैशाख २८ गतेबाट कैलालीको गोदावरी धामबाट सुरु हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो ।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले वैशाख २९ गते खप्तडको विभिन्न प्रवेशद्वार (डोटी, बझाङ, बाजुरा र अछाम) बाट पद्यात्रीहरुले खप्तडमा प्रवेश गर्ने जानकारी दिनुभयो । जेठ १ गते खप्तड त्रिवेणी महास्नान खेचरनाथ दर्शन अनुष्ठानको शुभारम्भ गरी अन्तर्राष्ट्रिय काव्य सम्मेलन गर्ने जनाइएको छ । १० गते गङ्गा दशहराको स्नान गरेर पद्यात्राको समापन गरिने अध्यक्ष जोशीले जानकारी दिनुभयो । 


उक्त कार्यक्रममा नेपाल–भारतका साहित्यकार, पत्रकार समेत गरेर बढीमा दुई सय जनालाई सहभागी गराउने लक्ष्य राखेको उहाँले बताउनुभयो । खप्तडमा पर्यटकीय सम्भावनाको उजागर तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पद्यात्रामा नेपाल–भारतका धर्मगुरु, आचार्य, कवि, मठ तथा पिठका पिठाधिश्वर समेतको सहभागिता रहने जनाइएको छ ।

भौतिक पूर्वाधारको अभाव रहेको खप्तडमा आगन्तुकहरुको बसोबासको व्यवस्था खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले गरेको छ । निकुञ्ज प्रशासन र नेपाली सेनाको आवास गृहलाई प्रयोग गर्ने गरी बसोबासको व्यवस्था मिलाएको समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले पद्यात्रीहरुको स्वास्थ्य परीक्षण पनि नेपाली सेनाकै स्वास्थ्य टोलीले गर्ने बताउनुभयो । समितिले ८ देखि १० गतेसम्म खप्तड महोत्सवको समेत आयोजना गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा