डडेल्धुरामा एक युवकको वेवारिसे शव फेला ।।

डडेल्धुरामा एक युवकको वेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका ५ को ऋषी खोला सामुदायिक वनमा अन्दाजी २५ देखि ३० वर्षका युवकको फेला परेको प्रहरीले जनाएको छ । 
कालो  टिसर्ट र कालो पानइन्ट लगाएका पाँच फिट ६ इन्च अग्लो युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । अपरिचित युवकको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले शवलाई पोस्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याएको छ । 
शवको परिचय खुल्न नसकेको र सनाखतसमेत हुन नसकेको प्रहरीले बताएको छ । शव प्रकृति हेर्दा ८÷१० दिन पुरानो भएको डीएसपी जोशीको भनाइ छ । उक्त युवकको बाँया खुट्टाका बुडिऔँला छेउका दुई औँला जोडिएको उनले जानकारी दिए । प्रहरीका अनुसार शव सडिसकेको छ । 
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय