कुवेतमा रहेका आफना नागरिकलाई स्वदेश फर्किन फिलिपिन्स सरकारको आग्रह

फिलिपिन्सका राष्ट्रपति रोर्डिगो डुर्टेतेले कुवेतमा रहेका आफना नागरिकलाई स्वदेश फर्किन आग्रह गर्नुभएको छ । 

कुवेत छाडेर देश फर्किनु देशभक्तिको कुरा भएको बताउँदै उहाँले स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई फिलिपिन्स सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको हो । 

‘यदी फिलिपिन्सका नागरिक कुवेतमै बस्न चाहन्छन् भने पनि कुनै समस्या छैन्, तर आफू फिलिपिन्सको हुनुमा नै गर्व गर्नुहोला, र जो फर्किन चाहान्छन् उनीहरुलाई सरकारले सक्दो सहयोग गर्नेछ,’ उहाँले भन्नुभयो ।

घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी एक महिलाको हत्या भएपछि कुवेत र फिलिपिन्सबिच तनाव सुरु भएको थियो । त्यसपछि फिलिपिन्सले अस्थाइ रुपमा कुवेत घरेलु कामदार पठाउन रोकेको थियो । 

कुवेतमा रहेको फिलिपिन्सको दूतावासले आफ्ना नागरिकलाई भाग्न सहयोग गरेको भिडियो सर्वाजनिक भएपछि फिलिपिन्सले दूतावासका कर्मचारीलाई पक्राउ पुर्जी जारी गरेको थियो । 

अहिले फिलिपिन्सले स्थायी रुपमा नै आफ्ना नागरिक कुवेत नपठाउने निर्णय गर्दै राष्ट्रपतिले कुवेतमा रहेका सबै नागरिकलाई स्वदेश फर्किन आग्रह गर्नुभएको हो । ‘हामी जति गरिब भएपनि हामी बाच्न सक्छौ, तपाईंहरु स्वदेश फर्किनुहोस्,’ उहाँले आइतबार सिंगापुरमा भएको यसोसियसन अफ साउथेस्ट एसिया नेशन समिटमा ६ हजार सदस्यकाबिचमा यस्तो बोल्नुभएको हो । 

तथ्याङ्क अनुसार कुवेतमा दुई लाख ६० हजार फिलिपिन्सका नागरिक काम गर्छन् । त्यसमा पनि विशेष गरी घरेलु कामदार रहेका छन् । फिलिपिन्सका राष्ट्रपतिको यो फैसलाप्रति कुवेतले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा