अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी, एक वर्षको समयावधि दिइने

अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले नेपाल फिर्ता पठाउने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लागेका हुन् ।

उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

वासिंटन पोस्टले सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कन एक वर्षको समयावधि दिइनेछ । सन् २०१९ जुन २४ सम्ममा पनि स्वदेश नफर्किएमा प्रशासनले कारवाही गरी फर्काइदिनेछ ।

अमेरिकाले नेपाल लगायत केही मुलुकका नागरिकका लागि अस्थायी आवासीय सुविधा दिदैं आएको थियो ।

हालै अमेरिकाले साल्भाडोरका २ लाख, हाइटीका ५० हजार र निकारागुवा तथा सुडानका सानो संख्यामा आप्रवासीहरुलाई अस्थायी आवासीय अनुमति रद्द गरेको थियो । ट्रम्प प्रशासनका अनुसार आप्रवासीहरुलाई दिर्घकालसम्म अमेरिकामा बस्ने सुविधाका लागि त्यस्तो अनुमति दिइएको थिएन । त्यसैले आवश्यकता अनुसार सरकारले उक्त नीतिमा पुनरावलोकन गरेको अधिकारीहरुको भनाइ छ । (एजेन्सी)

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा