यौन हिंसा विरुद्धको अभियानमा बाजुरा प्रहरी सक्रिय ।।

बाजुरामा पछिल्लो समय जवरजस्ती करणी तथा यौनजन्य हिंसाका घटना बढ्न थालेपछि प्रहरीले सचेतनात्मक कार्यक्रमको थालनी गरेको छ । बाजुराको कोल्टीस्थित विमानस्थल सुरक्षा गार्ड कोल्टीले बुढीनन्दा नगरपालिकाका सवै वडामा हप्ताको एकदिन महिला, बालबालिका, वडा सदस्य लगायत अन्य स्थानीयलाई यस्ता घटना प्रति सचेत गर्न थालेको हो । 
हप्ताको एक दिन विभिन्न वडामा गएर नागरिक सँग जवरजस्ती करणी तथा यौन जन्य महिला हिंसाका बारेमा जानकारी गराउन शुरु गरेको विमानस्थल सुरक्षा गार्ड कोल्टीका प्रमुख तथा प्रहरी नायव निरीक्षक सुन्दर सिह बोहोराले जानकारी दिनुभयो । 
प्राय घटना नजिकका चिनेजानेका मानिसहरुबाटै हुने हुँदा त्यस्ता ब्यक्ति संग सचेत रहन स्थानीयलाई सुझाउदै आएको प्रमुख बोहोराले बताउनुभयो । कार्यक्रम अन्र्तगत पछिल्लो हप्ता बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा नागरिकलाई जानकारी गराइएको बताइएको छ । 
बाजुराको कोल्टी स्थित विमानस्थल सुरक्षागार्डमा आर्थिक बर्ष २०७४÷०७५ को तेस्रो त्रैमासिक सम्म महिला हिंसा, झै–झगडा, कुटपिट, गालीगलौज लगायतका १ सय ७७ निवेदन दर्ता भएका छन् ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा