वडाध्यक्ष भण्डारीद्धारा आमा गुमाएका ३ बालकलाई विद्यालय भर्ना ।।

अछामको मंगलसेन नगरपालिका–६ का वडाध्यक्ष जनकराज भण्डारीले विपन्न परिवारका तीन जना बालकलाई विद्यालयमा भर्ना गराएका छन् ।  दुई वर्षभित्र निरक्षरता उन्मुलन गर्ने अभियान अन्तर्गत उनले तीन जना बालकलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका हुन् ।

मंगलसेन नगरपालिका–६ स्थीत गंगा माविमा सोहि वडाका स्थानीय भगिराम भण्डारीका छोराहरु काशिराम भण्डारी, तपेन्द्र भण्डारी र प्रेम प्रसाद भण्डारीलाई वडाध्यक्षले विद्यालय भर्ना गराएका हुन् । भर्ना गरिएका तीनै जना बालबालिकालाई वडाध्यक्ष भण्डारीले पुस्तक र पोशाक समेत वितरण गर्ने समेत बताएका छन् ।

विद्यालयमा भर्ना गरिएका बालकले ६ वर्ष पहिले प्यारालाइसेसबाट बिरामी आमा गुमाइसकेका छन् । घरको आर्थिक अवस्था कम्जोर रहेको ले आफले विद्यालय छोड्नु परेको ४ कक्षा २ वर्ष पहिले विद्यालय छोडेका काशिराम भण्डारीले बताएका छन् । अहिले बुवा कामको शिलसिलामा भारतमा रहेका छन् ।

भगिरामकी छोरी जमुना भण्डारी अहिले १५ वर्ष भइन् । उनी ९ वर्षको हुँदा आमालाई गुमानु परेको थियो । उनी अहिले भाईहरुको हेरचाह र घरवारीको रेखदेख गर्ने गर्छिन् । वडाले भर्ना अभियानभन्दा पहिले नै सर्वदलिय बैठक बोलाएर विद्यालयमा कुनै प्रकारको शुल्क नलगाउने निर्णय गरिसकेको वडाध्यक्ष भण्डारीले बताएका छन् । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा