बैतडीको दोगडाकेदारमा अझैं सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन ।।

बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझैं वितरण हुन सकेको छैन् । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कार्तिकमै वितरण हुनुपर्नेमा भएपनि हालसम्म वितरण नभएको हो  । 
चौमासिक रुपमा बितरण गर्दै आएको सुरक्षाभत्ता चालू आर्थिक सुरु भएदेखि हालसम्म नपाउदा अपांगता भएका ब्यक्ति, एकल महिला, बृद्धबृद्धलाइ निकै समस्या भएको छ । १० महिना भईसक्दा समेत दोगडाकेदार गाउँपालिकाले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा ३ हजार ६ सय बढी लाभग्राही निरास बनेका हुन् । 
साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिएका छन् । गाउँपालिकाले लाभग्राहीको सही विवरण स्थानिय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाइसकेको उनले बताएका छन् । 
अर्थ मन्त्रालयबाट रकम स्वीकृत भई संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयवाट सवीकृत हुने प्रक्रियामा रहेको केही दिनभित्रै सामाजिक सुरक्षा भत्ता वितरण हुने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताएका छन् । मन्त्रालयले एक दुई दिनमै गाउँपालिकाको खाता रकम हाल्ने खबर आएको छ । 
दोगडाकेदारमा एक चौमासिकका लागी १ करोड ८५ लाख रकम आवश्यक पर्ने भएपनि हालसम्म दुई चौमासिक बढी भईसक्दासमेत १ करोड ५ लाख मात्रै मन्त्रालयले पठाएको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा