यार्सा टिप्न अभिभावक संगै बालबालिका लेक तिर गएपछि बिद्यार्थी भर्ना अभियान प्रभावित

अभिभावक सहित स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि बझाङ जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । बझाङको उत्तरी क्षेत्रका झण्डै सात हजार स्कुले विद्यार्थी यार्सा टिप्न लेक तिर गएपछि अभियान प्रभावित भएको हो । 
चैतको अन्तिम साता देखी यार्सा टिप्नका लागी शिक्षक, अभिभावक सहित विद्यार्र्थीहरु लेक तिर गएपछि सरकारको १५ दिने भर्ना अभियान त्यहाँका झण्डै ४४ बटा विद्यालयमा प्रभावित भएको हो । यार्सा बाट मनग्य आम्दानी हुने र एक सिजन लाखौ रुपयाँ कमाई हुने भए पछि जिल्लाको उत्तरी क्षेत्रका स्थानिय बासीहरु बर्षेनी स–परिवार यार्सा टिप्न लेक तिर जाने गर्दछन् ।
चैत्र देखि सुरु हुने हुने यार्सा टिप्ने सिजन साउनमा मात्र सकिने भएकाले बर्षेनी सात हजार बिद्यार्र्थीको पढाई प्रभावित हुदै आएको छ । यार्सा टिप्ने सिजनमा प्राय बिद्यालय नै बन्द गर्नु पर्ने अवस्था बर्षेनी अउने गरेको साईपाल गाँउपालिका स्थानिय जसबिर बोहराले बताए । 
जिल्ला शिक्षा कार्यालयले बैशाख १ गते देखि भर्ना अभियानका लागी घरदैलो लगायत चेतना मूलक कार्यक्रम सञ्चालन गरेको भए पनि उत्तरी क्षेत्रका झण्डै ४५ वटा बिद्यालयमा भने त्यसको कुनै प्र्रभाव परेको छैन ।  
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा