सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय

 सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन । सलमानको जति चर्चा चुलिएको छ त्यतिनै चर्चा उनी अभिनित फिल्महरुको पनि हुने गर्छ । अहिले फिल्म ‘रेस ३’ र ‘भारत’ मा काम गरिरहेका सलमानको अर्को फिल्म ‘दबंग ३’को पनि त्यति नै चर्चा छ । यस फिल्ममा टेलिभिजनकी ‘नागिन’ मौनी रोयको पनि विशेष भूमिका रहनेछ । मौनी रोय  ‘दबंग –३’ मा सलमानका साथ उनकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् । यस अघिको फिल्ममा झैँ सलमानलाई चुलबुल पाण्डेको रुपमा प्रस्तुत गरिने भएकाले यस अघिकै कहानीसँग जोडेर फिल्म निर्माण गरिने छ । तसर्थ फिल्ममा मौनी रोयको भूमिका छोटो समयको लागि मात्रै हुनेछ । मौनी चलचित्रमा झण्डै २० मिनेट मात्रैका लागि देखिनेछिन् । अरबाज खानद्वारा निर्माण गरिने यस फिल्मको काम जुन महिनादेखि सुरु गरिनेछ । टेलिभिजनकी अभिनेत्री मौनी रोय अक्षय कुमारको फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म ‘गोल्ड’ यो वर्षको अगष्टमा प्रदर्शन हुनेछ । साथै आलिया भट्ट र रणवीर कपूर अभिनित फिल्म ‘ब्रम्हस्त्र’ मा पनि मौनी रोयको अभिनय रहनेछ । निर्देशक अयान मुखर्जीद्धारा निर्देशित यस फिल्ममा मौनी नकारात्मक भूमिकामा देखा पर्नेछिन् । 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो