कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ७ विकेटले पराजित

काठमाडौं, बैशाख ६ । कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पार गर्‍यो ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ र नितिश रानाले २७ बलमा नटआउट ३५ रन जोडे ।

सुनिल नारिनले २५ बलमा ३५ रन जोड्दा रोबिन उथप्पाले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ४८ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो ।

राजस्थानका लागि डिआर्की सर्टले ४४ र कप्तान अजिन्का राहाणेले ३६ रन जोडे ।

जोस बटलरले १८ बलमा नटआउट २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् ।

बलिङतर्फ कोलकाताका नितिश राना र टम कुरानले २(२ विकेट लिए । पियुस चावला, कुलदिप यादव र शिवम माविले समान १(१ विकेट हात पारे ।

प्रतियोगिताको अहिलेसम्मका खेलमा कोलकाताले ५ खेलबाट ६ अंक बटुलेको छ ।

दोस्रो स्थानको हैदरावादको ३ खेलबाट ६ अंक नै छ । पञ्जाव, चेन्नई र राजस्थानले समान ४र४ अंक जोडेका छन् ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश