सलमान खानलाई ५ वर्ष जेल

कालो हरिण शिकार मामिलामा सलमान खानलाई ५ वर्षको जेल सजायँ सुनाइएको छ। 

जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको हो। फैसलामा सलमानलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

फैसलासँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेल चलान गर्ने तयारी भइरहेको छ। यद्यपी सलमानका वकिल जमानतका लागि अपिल गर्ने तयारीमा छन्। 

अदालतले अन्य आरोपी सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलमलाई भने सफाई दिएको छ। 

सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको आरोपमा सलमानविरुद्ध २० वर्षदेखि जोधपुर अदालतमा मुद्दा चलिरहेको थियो।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा