जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ। यसअघि मुटुरोगीहरूले उपचार गराउनकै लागि महंगो खर्च गर्नुपथ्र्यो।

मनमोहन कार्डियोथोरेसिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा। भगवान कोईरालाले जुम्लाका मुटुरोगीको चेकजाँच गरेका हुन। जुम्लामा मुटुरोगी र ओषधी सेवन गर्नेको संख्या धेरै छ, शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, निशुल्क मुटुरोग स्वास्थ्य शिविर मार्फत बिरामीलाई उपचार गर्न थालिएको हो।

मुटु रोग विशेषज्ञ सेवा दुई दिन सम्म चल्नेछ। जुम्लाका मुटु रोग भएका बिरामीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा। कोईरालाको टिमलाई अनुरोध गरिएको थियो। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुदा उपचार हुन सकेको छैन। मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिइने भएको छ।

जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर चेकजाँच गर्न पाउँदा स्थानीय दंग छन। बालबालिका देखि वृद्धवृद्धा सम्मका मुटुरोगीले नाम दर्ता गराएका छन। चन्दननाथ नगरपालिका ७ का ४० वर्षीया जय बहादुर महतले आगनमै विशेषज्ञ चिकित्सकको सेवा पाउदा खुसी भएको बताए।

उनका अनुसार मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सबै उपकरण सहित टोली जुम्लामा पुगेको छ।  मलाई एक्कासी प्रेसर बढेको थियो, उनले भने, पहिलो पटक चेकजाँच गराउन पाए। विशेषज्ञ चिकित्सक संग मुटुको उपचार गराउनको लागि बिरामीलाई टोकन वितरण गरिएको छ। टोकन लिएर उपचार गराउने वातावरण सृजना गरिएको हो।

 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय