डडेल्धुराको नवदूर्गा गाउँपालिकाको विकासका लागि २९ बुँदे घोषणापत्र जारी ।।

डडेल्धुराको नवदूर्गा गाउँपालिकाले डाँडावन घोषणा पत्र जारी गरेको छ । डाँडावनमा सम्पन्न गाउँकार्यपालिकाको बैठकले पाँच वर्षभित्र लागू हुने विभिन्न महत्वपूर्ण योजनाहरु समावेश गरिएका २९ बुँदे घोषणा पत्र जारी गरेको हो ।
उक्त घोषणापत्रमा जलवायु परिवर्तन र पानिका मुलहरु मध्यनजर गर्दै गाउँपालिकाको वनजंगललाइ न्युनतम ४० प्रतिशत बनाउने र हरित सडकका लागि प्रति एक लाखको योजनामा अनिवार्य २ रुख रोप्ने, सडकको दायाँ–बायाँ नयाँ बन्ने घरहरु १० मिटरभन्दा टाढा मात्रै बनाउने, सडकको नामाकरण र कोड निर्धारण गर्ने, फोहरमैला व्यवस्थापनका लागि प्रत्येक सार्वजनिक स्थलमा भाँडोको व्यवस्था र डम्पिङ साइट तोक्ने योजना उल्लेख छन ।
यस्तै प्रत्येक वडामा इन्टरनेटको सुरुवात गर्ने, न्यायिक समिति, भूमि व्यवस्थापन, आर्थिक प्रशासनलाई पूर्णरुपमा सूचना प्रविधियुक्त बनाउने, मजदुरको ज्याला गाउँपालिका दररेट अनुसार अनिवार्य लागू गर्ने, गाउँपालिकाकोे कार्यालय, वडा कार्यालय, ५ नमूना विद्यालय, स्वास्थ्य चौकीमा ईलेक्ट्रोनिक–हाजिरी र सीसीटीभी जडान गर्ने, मोबाइल एपको निर्माण गर्ने, गाउँपालिकामा निःशुल्क लोकसेवा तयारी र योगा कक्षा सञ्चालन गर्ने, आर्थिक वर्ष २०७५÷०७६ लाई रोजगारी, गरिवि निवारण र आर्थिक समृद्धिको वर्ष घोषणा गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।
यस्तै युवा स्वरोजगार कार्यक्रमलाई आगामि आर्थिक वर्षमा प्रत्येक वडामा लैजाने, भ्यूटावर र स्थानीय गौरवका योजनाहरु छनौट गरी निर्माण सुरु गर्ने, वृद्धाश्रम, अनाथालय सञ्चालनका साथै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि पहल र समन्वय गर्ने लगायतका योजना घोषणा पत्रमा उल्लेख गरिएको छ ।
जारी गरिएको घोषणापत्र पाँच वर्षभित्र लागू हुने गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले बताएका छन । नवदुर्गालाई समृद्ध गाउँपालिका निर्माण गर्न उक्त घोषणा पत्र जारी गरिएको उनको भनाइ छ ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय