गायक सुर्य बिरही साँउदलाई गंगा र मन्सराको निम्तो,परे दोधारमा ..

नरेन्द्र मल्ल÷रेडियो अमरगढी,डडेल्धुरा

गायक सुर्यबिरही साउदलाई दुईतिरबाट निम्तो आएपछि हैरान भएका छन । मल्लागाँउकी मन्सरा र गैरा गाँउकी गंगाले एकै दिन बिहेको निम्तो दिएपछि गायक बिरही दोधारमा परेका हुन ।

योे लिंकमा क्लिक गरी भिडियो हेर्नस् है....

https://www.youtube.com/watch?v=KLS3VHCuLmY


पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा फरक÷फरक धारका गित बजारमा ल्याउदै छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक सुर्यबिरही साउदले फेरी नयाँ पप गीत बजारमा ल्याएका छन । बसिबिँयालो म्युजिक प्रा.लि.को प्रस्तुतिमा डोट्याली भाषमा आधारीत कमेडी लोक पप गित निम्तो आयो दूई तिरू बजारमा आएको हो  ।  

आधा उमेर गैसक्यो न ज्यान घट्टो न बड्डो
कन्या रासी हुनाले जा गयालै लभ पड्डो ।।
ठट्यौला पाराका शब्द समेटिएको यो गीत राम साउदको पहिलो प्रस्तुती हो । पछिल्लो समयमा निक्कै चर्चामा रहेका चर्चित गायक सूर्यबिरही साउँद एम डी साउद र बादल थापाले स्वरबद्ध गरेका छन । जसमा लय सूर्यबिरही साउँदले गरेका छन भने शब्द सूर्यबिरही साउँद र राम साउदको रहेको छ । यस गीतको अडियो भिडियो बसिबिँयालो म्युजीक प्रालीको युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ ।

यस गीतको म्युजिक भिडियोमा करिश्मा,गणेश,बिक्रम,करण र रश्मीको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त भिडियो सम्पादन भने मिलन बिकले गरेका हुन । भने प्रकास खडकाको छाँयांकन रहेको छ । गीतलाई बि स्टार फिल्मस कम्पनीले तयार पारेको र बजार व्यावस्थापन तथा वितरण बसिबिँयालो म्युजिक प्रा.लि.ले गरेको छ ।

 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो