मुख्यमन्त्री शाहीले विश्वासको मत प्रात्त गरे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार भएको प्रदेशसभाको पाँचौ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राख्नुभएको थियो । मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वाम गठबन्धन अनुसार नेकपा एमालेको सर्मथनमा मुख्यमन्त्री बन्नुभएका शाहीले एमालेकै सर्मथनमा दुई तिहाई भन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको हो । सभामुख बाहेक ३९ सदस्य रहेको प्रदेश सभामा भएको मतदानमा सरकारको पक्षमा ३२ मत परेको छ भने विपक्षमा ६ मत गरेको छ । प्रदेश सभामा एमालेका सभामुख बाहेक १९ र माओवादीका १३ सांसद रहेका छन् ।  कांग्रेस र राप्रपाले विपक्षमा मत दिएका छन् । 

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई सबैको एकतामा समृद्धि गराउनुपर्ने भन्दै पक्ष र विपक्ष नभएर मतदान गर्न सबैलाई अनुरोध गर्नुभएको थियो । उहाँले अहिले सबै नयाँ व्यवस्था भएकोले सबै राजनितिक दलहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता भएकाले नेपाली काँग्रेस र राप्रपासंग पनि मत माग्नुभएको थियो । उहाँले विपक्षी दलको सहयोग लिएर प्रदेशको समृद्धिका लाग्ने बताउनु भयो । यस्तै एमाले संसदीय दलका नेता यमलाल कंडेलले मुख्यमन्त्री शाहीलाई समर्थन गर्दै प्रदेश निर्माणको जंगमा एमाले विश्वासमा अडिक रहेको बताउनुभयो । उहाँले प्रदेशका जनताको अपेक्षा अनुसार काम गर्न र प्रदेशलाई समृद्धि गराउन एकतावद्ध हुनुपर्ने पनि बताउनु भयो । 

माओवादीकी संसदीय दलककी प्रमुख सचेतक सिताकुमारी नेपालीले अहिलेसम्म सहमति र सहकार्यमा अघि बढिरहेकोले सरकारलाई सहयोग गर्ने बेला भएको भन्दै कांग्रेस र राप्रपासंग पनि मत माग्नुभयो । उहाँले जनताको जीवनस्तर उकास्न र समृद्धिको ठोस योजना निर्माण गर्न एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो ।  

कांग्रेस र राप्रपाको विपक्षमा मत 

सरकारलाई विपक्षमा रहेर रचनात्मक सहयोग गर्ने भएको कारण सरकारको विपक्षमा मत दिएको कांग्रेस र राप्राका सांसदहरुले बताएका छन् । नेपाली कांग्रेस ससंदीय दलका नेता जीवनबहादुर शाहीले सरकारसँग आफूहरुले विश्वास गरेर पनि सरकारलाई सचेत र सुझाव दिनका लागि प्रतिपक्ष भएर रचनात्मक सहयोग गर्ने भन्दै विश्वासको मत नदिने बताउनुभयो ।

‘सरकारप्रति हाम्रो पूर्ण विश्वास छ तर हामी मत दिन सक्दैनौँ’ उहाँले भन्नुभयो, ‘अब हामी जनता बलियो भएको हेर्न चाहन्छाँै । यो प्रदेश समृद्धि भएको हेर्न चाहान्छाैँ  । प्रदेश बनाउन हामी सबैको दायित्व हो । हामीसंग भएका आइडियाहरु सरकारलाई दिएर प्रदेश बनाउन एक स्टेप अघि बढ्छाैँ ।’ उहाँले सरकारले रोजगारी सृजना गर्ने र उत्पादनमुलक कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले वाम गठबन्धन फुट्छकी भन्ने शंका भएकाले सरकार नभत्कियोस भन्दै वाम गठबन्धन भित्रको विश्वास कायम रहन पनि उहाँले शुभकामना दिनुभयो ।

यस्तै राप्रपाकी सांसद शोसिला शाहीले सरकारको काम कारवाहीलाई विपक्ष भएर रचनात्मक रुपमा सहयोग गर्न आवश्यक भएकाले विश्वासको मतको विपक्षमा मतदान गरेको बताउनुभयो । ‘हाम्रो पार्टी राप्रपा  कर्णाली प्रदेशको  समृद्धि, आर्थिक विकास र दिगो शान्तिको पक्षमा छ’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी सरकारसंग समन्वय र सहकार्य गरेर अघि बढ्छौँ ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री