श्रीदेवीको करिअरको पोस्टमार्टम हुनुपर्छ, शरीरको होइन ’


चर्चित अभिनेत्री श्रीदेवीको निधनको खबर सामाजिक सञ्जालमा आइतबारदेखि चर्चामा रहेको छ । सोमबार दुबई प्रशासनले फोरेन्सिक रिपोर्ट जारी गर्दै श्रीदेवीको निधन बाथ टबमा डुबेर भएको जनाएको छ । रिपोर्टका अनुसार मदिराको नशाले गर्दा चक्कर लागेर श्रीदेवी बाथटबमा खसेकी थिइन् 

यसभन्दा पहिले सबै मिडियाले श्रीदेवीको निधन आकस्मिक हृदयघातका कारण भएको जनाएका थिए । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा मिडियाको निकै आलोचना भैरहेको छ । त्यस्तै अर्कोतर्फ अभिनेत्री श्रीदेवीको निधनलाई शंकास्पद भएको भन्दै ट्वीटरमा क्चष्मभखष्म्भबतजःथकतभचथ ट्रेन्डिङ टपिक बनेको छ ।

श्रीदेवीको निधनका बारेमा आएको फोरेन्सिक रिपोर्टमा एउटा हिज्जेको गल्तीको जिकीर गर्दै यसलाई सामाजिक सञ्जालमा मानिसहरु शेयर गरिरहेका छन् । यसैलाई लिएर पनि सामाजिक सञ्जालमा सवाल उठाउनेहरु छन् ।

यस घटनालाई लिएर भारतीय न्यूज च्यानल तथा अनलाइनमा जसरी कभरेज भयो त्यसको पनि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । फेसबुकमा तरुण चुग लेख्छन्, ‘श्रीदेवीको निधन जुनसुकै कारणले भएको होस्, पत्रकारले पत्रकारिताको मान्यता नै बिर्सिए ।’ वरिष्ठ भारतीय पत्रकार हरिंदर बावेजाले ट्वीट गर्दै सहकर्मी सञ्चारकर्मीहरुलाई नसीहत दिएकी छिन्, ‘के हामी श्रीदेवीको विषयमा आफ्नो रिपोर्टिङमा अझै मनवीय हुन सक्छौँ र अटोप्सीमा ढिलाई, ब्लड सेम्पल पेन्डिङ, मृत्यु प्रमाणपत्र जारी हुने। जस्ता कुराबाट बच्न सक्छौँ। श्रीदेवीको करिअरको पोस्टमार्टम हुनुपर्छ, शरीरको होइन ।’

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा