डेढ वर्षीय बालकलाई घरभित्रै पसेर चितुवाले यसरि गर्यो आक्रमण

 

बैतडी, – चितुवाको आक्रमणबाट बैतडीमा एक बालक गम्भीर घाइते भएका छन् । गएराति साढे ९ बजे घरभित्र सुतिरहेको अवस्थामा बैतडीको मेलौली नगरपालिका वडा नम्बर–९, का डेढ वर्षका गणेश चन्दलाई चितुवाले आक्रमण गरेको हो ।

घरभित्रै सुतेको अवस्थामा चितुवाले आक्रमण गरी गम्भीर घाइते भएका चन्दलाई उपचारको लागि राति नै डडेल्धुराको अस्पतालमा लगेको वडा अध्यक्ष नारद भट्टले बताउनुभयो ।घरमा सबै खाना खाइरहेको बेला घरभित्रै पसेर चितुवाले आक्रमण गरेको घाइतेका बुवा मानबहादुर चन्दले बताउनुभयो । घाइते बाललको अवस्था गम्भीर रहेको बताइएको छ । यसअघि गएको भदौमा मेलौली–९, कै एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

२०६८ साल पछि तल्लोसोराडमा चितुवाले २३ जनाको ज्यान लिइसकेको छ । चितुवाको आतंक भैरहदा जिल्ला सुरक्षा समितिले पटक पटक प्रहरी त्यँहा खटाए पनि प्रहरीले चितुवालाई मार्न सकेका छैनन् । केही समय अस्थायी रुपमा प्रहरी त्यँहा बसेर फर्किने गरेको छ । चितुवा प्रभावित क्षेत्रका नागरिकले स्थायी प्रहरी चौकीको माग गरेका छन् । स्थयी प्रहरी चौकी स्थापनाको लागि गृह मन्त्रालयबाट स्वीकृति आउनुपर्ने भन्दै त्यसको पहल थालिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा