आयोडिन नुनको प्रयोगबारे सचेतना फैलाउन नगरपालिकाले र्गयो गाउँमै नुन वितरण

डोटीको दिपायल सिलगढी नगरपालिकाले वडामा ढिके नुन विस्थापित गर्ने उद्धेश्यले आयोडिनयुक्त नुन वितरण अभियान सञ्चालन गरिएको छ । नगरपालिकाका अधिकांश वडाहरुमा अहिले पनि आयोडिनयुक्त नुन प्रयोगमा नआएका कारण यो अभियान सञ्चालन गरेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिका भित्रको सबैभन्दा विकट वडा मानिने वडा नम्बर ९ को मछिन्तोलामा प्रति ६८ परिवारलाई प्रति परिवार २ किलोका दरले आयोडिनयुक्त नुन वितरण गरेको छ । आयोडिनको कमीका कारण आउने समस्या न्यूनिकरणका लागि आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउने उद्धेश्यले गाउँमै पुगेर आयोडिन नुन वितरण गरिएको दिपायल सिलगढी नगरपालिकाको कार्यालयले जनाएको छ ।

आयोडिन नुनको लागि तस्बिर परिणामकार्यक्रममा नगरपालिकाको स्वास्थ्य इकाई सह–संयोजक राजु खड्काले आयोडिन नुनको महत्व, प्रयोग गर्ने तरिका र प्रयोग नगर्दा हुने समस्या बारेमा स्थानीयबासीलाई जानकारी दिनुभएको थियो । डोटीका अधिकांश ग्रामिण भेगका मानिसले अझै पनि ढिके नुनको प्रयोग गर्ने गरेको पाइन्छ । ढिके नुन प्रति किलो १२ रुपैयाँ पर्ने र आयोडिनयुक्त नुन त्यसको दोब्बर रुपैयाँ पर्ने भएकाले आफूहरुले ढिके नुनको प्रयोग गर्दै आएको मछिन्तोलाका स्थानीय दीपक साउदले बताउनु भयो ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा