दार्चुलाको विकट गाउँका प्रकासले १८ बर्षकै उमेरमा बनाए हेलिकेप्टर ।।

७ नम्बर प्रदेशको उच्च हिमाली दार्चुलाको विकट नौगाड गाउँपालिका– ४ होपरीका १८ वर्षीय प्रकास महता, जस्तो नाम त्यस्तै प्रतिभामा जुटेका छन् । प्रकासले खेलौना जस्तै हेलिकेप्टर बनाएर साथीभाई आफन्तलाई चकित पारेका थिए । सानैदेखि जिज्ञासु स्वभावका प्रकासले घरबाट विद्यालयको फिस अर्थात शुल्क तिर्न भन्दै लिएको पैसा जम्मा गरेर आल्मुनियको एक हेलिकेप्टर बनाएका छन् । चार महिना लगाएर उनले ५ फिट लम्बाई, ३ फिट उचाईको हेलिकेप्टर बनाएका हुन् । विद्युतीय शक्तिबाट संचालन हुने हेलिकेप्टरमा ३ इन्जिन जडान गरिएका छन् भने पानीबाट त्यसको शक्ति नियन्त्रण गरिएको छ । उक्त हेलिकेप्टर संचालनका लागि रिमोट प्रयोग गरिएको छ । भारतीय बजार बनबासा, महेन्दनगर र धनगढीका स्थानीय बजारबाट कच्चा पदार्थ खरिद गरेर हेलिकेप्टर बनाएको प्रकासले बताए । उनका अनुसार हेलिकेप्टर बनाउनका लागि झण्डै २ लाख, १७ हजार रुपैँया खर्च गरिएको छ । 
कुनैपनि विषयमा भित्रैमन देखि गर्ने इच्छा प्रकट भए मेहनतका साथ उक्त काममा लागे सफलता मिल्ने उनको अनुभव छ । कञ्चनपुरको महेन्द्रनगरमा संचालन भएको क्षेत्रीय स्तरको औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा प्रकासले बनाएको हेलिकेप्टर प्रदर्शनका लागि राखिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा हेलिकेप्टर पनि रहेको छ । दैनिक सयौँले हेलिकेप्टर अवलोकन गरिरहेका छन् । हेलिकेप्टर अवलोकनका लागि २० रुपैयाँ निर्धारण गरिएको छ । हेलिकेप्टर अवलोकन बापतको रकम मध्ये आधा रकम आयोजकलाई तिनुपर्ने सम्झौता गरिएको छ । प्रकासले दर्शकलाई रिमोटबाट ५ मिनेट हेलिकेप्टर उडाएर देखाउने गर्छन् । वि.सं.२०५६ सालमा समान्य परिवारमा जन्मिएका प्रकास हाईड्रो ईलेक्ट्रिकल एण्ड टेक्निकल कलेज धनगढीमा ईलेक्ट्रिकल ओभरसेर अध्ययन गर्दैछन् ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय