आलिताल र परशुराममा उन्नत गाईपालन तालिम ।।

डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र अन्तर्गत पर्ने आलिताल गाँउपालिका र परशुराम नगरपालिकामा उन्नत गाईपालनमा संलग्न किसानहरुलाई उन्नत गाईपालन सम्बन्धि सिपमुलक तालिम दिईन थालिएको छ । मर्सिकोर नेपालको सहयोगमा एकीकृत विकास समाज डडेल्धुराद्वारा कार्यान्वयन भइरहेको विपद जोखिम न्युनीकरण तथा आर्थिक विकास (एमरेड) परियोजना दोस्रो चरण अन्तर्गत उन्नत गाईपालनमा संलग्न किसानहरुलाई गाईपालन सम्बन्धी तीन दिने तालिम आयोजना गरिन थालिएको हो । आलिताल गाँउपालिकामा तीन दिने तालिम सम्पन्न भईसकेको र परशुराम नगरपालिकाका शनिबार देखि तीन दिने तालिम आयोजना गरिने एमरेड परियोजनाका जिल्ला संयोजक गणेश भट्टले जानकारी दिनुभयो । आलितालमा सम्पन्न तालिममा २६ जना स्थानीय गाईपालक किसानहरु सहभागी थिए भने परशुराम नगरपालिकामा ३० जना किसानलाई लक्षितगरि तालिम आयोजना गरिने छ । तालिममा जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका बरिष्ठ पशु विकास अधिकृत खडकबहादुर शाह र जिल्ला पशु सेवा कार्यालय बैतडीका प्रमुख डा. नविन घिमिरेले सहजीकरण गरिरहेको एकीकृत विकास समाज डडेल्धुराले जनाएको छ ।  
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा