डडेल्धुरा क्याम्पसमा पाँच महिना अघि लगाइएको ताला अझै खुल्न सकेन ।।

डडेल्धुरा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको राजीनामा माग्दै पाँच महिनाअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । कांग्रेस निकट कर्मचारी त्रिवि कर्मचारी संघले गत १ असोजमा तालाबन्दी गरेको थियो । करारमा कार्यरत सहायक लेखापाल नरेन्द्र मल्लको समयावधि थप नभएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा फाँट र प्रशासन फाँटमा तालाबन्दी गरेको त्रिवि कर्मचारी संघ डडेल्धुराले जनाएको छ । तर, क्याम्पस प्रमुख उप्रेतीले भने त्रिभुवन विश्वविद्यालयले करारमा रहेका कर्मचारीको म्याद नथप्ने भनेपछि आफूले थप्न नसकेको बताए ।

तालाबन्दी भएको लामो समय बितिसक्दा पनि खुल्ने कुनै प्रयास नभएकाले स्नातक तह प्रथम वर्षमा भर्ना कार्यक्रममा समस्या भएको विद्यार्थीले बताएका छन । यसअघि डडेल्धुरास्थित विद्यार्थी संगठनले क्याम्पसमा अवैध रूपमा राखेका कर्मचारीलाई तत्काल निकाल्न माग गर्दै तालाबन्दी गरेका थिए । सम्पूर्ण विद्यार्थी संगठन र पूर्वक्याम्पस प्रमुख नेत्रप्रसाद पनेरूबीच लिखित सहमति भएपछि ताला खोलिएको थियो । तर, केही समय नबित्दै तालाबन्दी भएपछि क्याम्पसको प्रशासनिक काम अस्तव्यस्त भएको छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा