लिफ्ट सिचाई गरी बसन्ते खेतीबाट राम्रो आमदानि गर्दै डडेल्धुराका महिला कृषक ।।

पुस्कर भण्डारी, माघ ४, डडेल्धुरा
डडेधुराका महिला किसानहरुले लिफ्ट सिचाई प्रबिधिबाट बसन्ते खेतीपाती गरी राम्रो आमदानी गर्ने गरेका छन । डडेल्धुराको अमरगढी ११ फिन्नेकोटका महिलाहरु अहिले बसन्ते खेती काक्रो उत्पादनमा जुटेका छन । पानिको मुहान निकै टाँढा रहे पछि असिंचित जग्गा जमिनमा लिफ्ट मार्फत खोलाको पानी गाउमा तानी अहिले बसन्ते खेती काक्रो फलाउन महिला अग्रसर छन । ७÷८ बर्ष पहिले नै लिफ्ट प्रबिधिबाट व्यवसायिक कृषि तर्फ आकर्षित बनेका फिन्नेकोटका किसान पछिल्ला बर्षहरुमा बसन्ते खेती काक्रो उत्पादन गरी राम्रो आमदानि गर्न थालेका हुन । बैसाख महिनामा उत्पादन हुने बसन्ते काक्रोका विरुवा अहिले प्लाष्टिक बाट हटाउने समय भएको छ । चिसो समयमा प्लाष्टिक भित्र उमारिएका काक्राका विरुवा अलि अलि ठुला भए संगै विस्तारै तापक्रम पनि बढ्न थाले संगै प्लाष्टिक हटाउने समय भएको कृषक पार्वती देवि बोहराले बताईन ।

फिन्नेकोटका किसानले करिब ७० रोपनी जमिनमा बसन्ते खेतीपाती गर्दै आएका छन । गाउ तल रहेको खोला बाट  एक सय ५० मिटर उचाईमा १५ हर्स पावरको मोटर मार्फत लिफ्ट प्रबिधि बाट पानि तानि तरकारी तथा बसन्ते खेती सम्भव भएको फिन्नेकोट लिफ्ट सिचाई कृषक समुहका अध्यक्ष लोकबहादुर बोहराले बताए । २५÷३० जना किसानले ४० रोपनी बाट सुरुवात गरेको फिन्नेकोट गाउमा अहिले ७० रोपनी भन्दा बढी जमिनमा तरकारी तथा बसन्ते खेतीपाती गर्दै आएका छन ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा