प्रचार प्रसारको पर्खाइमा डोटी आदर्शको अनौठो गुफा

राधा फुलारा फाल्गुन ०४, डोटी
डोटीको आदर्श गाउँपालीका २ कालिकास्थान साउनकाँडाको गिठागौणा भन्ने जङ्गलमा रहेको अनौठो गुफा प्रचार प्रसारको अभावमा ओझेलमा रहेको छ । विगत लामो समयदेखि नै गोठालाह?ले उक्त गुफा देखिसकेको भएता पनि प्रचार प्रसारमा आउन सकेको थिएन भने संरक्षण, संवद्र्धन पनि हुन सकेको छैन । करिब ६ महिना पहिले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर स्थानीय समाजसेवी मानबहादुर खड्काले गाउँका बुढापाका, धामी, पूजारीह? जम्मा गरेर गुफाको औपचारिक अवलोकन गरेपछि अहिले गुफाबारेमा चर्चा शु? भएको हो । गुफाभित्र शिवलिङ्ग, पार्वती, गणेश, हात्तीको सुँड र नाग मुर्तीह? रहेकाले यस गुफालाई शिवशक्ती गुफाको नाम दिई संरक्षण समिति समेत गठन गरिएको समितिका अध्यक्ष मानबहादुर खड्काले बताए । आफु पनि करिब ३५ मिटर भित्रसम्म गुफाभित्र पसेको र त्योभन्दा भित्र पनि गुफा रहेकाले गुफा कति लामो छ भन्ने एकिन गर्न नसकिएको अध्यक्ष खड्काले बताए । गुफाभित्र अँध्यारो रहेकाले उज्यालो बालेर मात्रै पस्न सकिने र भित्र साँगुरो भाग रहेकाले पूरै भित्र पस्न नसकिएको उनले बताए । गुफाभित्र शिवलिङ्गको माथिबाट नियमित ?पमा पानी खसेको दृष्य हेर्दा स्वर्ग पुगेको आभाष हुने स्थानीय बताउँछन् । गुफाभित्र पस्ने ठाउँ साँघुरो भए पनि भित्र फराकिलो रहेको छ । हाल सो गुफा हेर्नका लागि डोटीसँगै बाहिरी जिल्लाबाट पनि मानिसह? अवलोकन गर्न आउन थालेका छन् । गुफाको प्रचारप्रसारका लागि यस वर्षको महाशिवरात्रीको अवसरमा ५ जना ब्राह्मणद्वारा ?द्री पाठ, चण्डी पाठ, शान्ति पाठ गरिएको छ । गुफा कति वर्ष पूरानो हो, लम्बाई कति छ, यसको ऐतिहासिक, पौराणिक महत्व के हो भन्ने बारेमा उक्त अनौठो गुफाको अध्ययन, अनुसन्धान हुन नसकेकाले सोका लागि पहल गरिने आदर्श गाउँपालीका २ का अध्यक्ष प्रेमबहादुर बोहराले बताए । यस वर्ष पनि सो गुफाको संरक्षणका लागि एक लाख रकम वडाबाट छुट्याईएको र व्यक्तिगत ?पमा ५० हजार  बराबरको ८ सय मिटर खानेपानी पाईप गुफा संरक्षण समितिलाई सहयोग गरेको वडाअध्यक्ष बोहराले बताए । त्यस्तै २ सय मिटर खानेपानी पाईप स्थानीय मदनराज ओझाले सहयोग गरेको समितिले जनाएको छ । गुफाको संरक्षणका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । जसका लागि स्थानीय बासिन्दा एवं नेपाली सेनामा कार्यरत अर्जुनबहादुर साउँदबाट १२ हजार ५ सय, नेपाली सेनामै कार्यरत स्थानीय केशव साउँदबाट ५ हजार ५ सय ५, स्थानीय डम्बर साउँदबाट ४ हजार ८ सय, रामबहादुर साउँदबाट ४ हजार गरी ८६ हजार रकम संकलन भएको समितिले जनाएको छ । गुफाको बारेमा हालसालै मात्रै जानकारी पाईएको र यस आर्थिक बर्षको बजेट विनियोजन भईसकेकाले आगामी आर्थिक वर्षमा गाउँपालीकाबाट सहयोग गर्ने आदर्श गाउँपालीका अध्यक्ष टेकबहादुर रोकायाले बताए । यस गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचार प्रसार, संरक्षण, संवद्र्धनमा आफु लागि पर्ने अध्यक्ष रोकायाले बताए । उनले आगामी आर्थिक वर्षमा बाटो, खानेपानी, घेरबार आदिका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाए ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा