जागिर छोड्न तयार छौँ, छाउ भएका बेला पढाउन जाँदैनौ’

 अछामको साँफेबगर नगरपालिका –३ डिक्रेनीको मष्टामाडौँ प्राथमिक विद्यालय नजिकै मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । ‘हाम्रो नजिकै मष्टा देवताको मन्दिर छ, त्यसैले छाउ भएका बेला विद्यालय जाँदैनौ’, भन्नुहुन्छ शिक्षिका पशुपति बुढा । त्यहाँ छाउ भएका बेला गएपछि देवता लाग्ने र जीवनभर निको नहुने भन्दै शिक्षिका विद्यालय जाँदैनन् । बुढाले भन्नुभयो, ‘देउता लागे जीवनभर निको हुँदैन, देउता लागेर जिन्दगी नै बर्बाद भएको देखेका छौँ, बरु ठूलै रोग लागेर अस्पताल कुर्न सजिलो छ देउता लाग्नुभन्दा, त्यसैले छाउ भएको बेला पाँच दिनसम्म विद्यालय जाँदैनौ ।’ मष्टा देवताको डरले परम्परादेखि नै छाउ भएका बेला विद्यालय नजाने चलन बसालिएका कारणले आफूहरु पनि नजाने गरेको शिक्षिका ज्ञानु ठकुल्लाले बताउनुभयो । ‘डिक्रेनीमा कोठा भाडामा लिएर बस्ने गरेकी छु, तर छाउ हुँदा माइतघर गएर बस्नुपर्ने बाध्यता छ । छाउ भएका बेला बाटोमा हिँड्दा गाली गर्छन्,’ उहाँले भन्नुभयो, ‘यदि विद्यालय मन्दिरभन्दा टाढा राखिन्छ भने मात्र आफूहरु नियमित पढाउन जान्छौँ नभए विद्यालय जाने अवस्था छैन । बरु जागिर छोड्न तयार छौँ ।’ विद्यालयका प्रधानाध्यापक निर्प ठकुल्लाले आफूले पनि छाउ भएका बेला विद्यालय आउनुपर्छ भनी धेरै करकाप गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँका महिलाहरुले छाउ भएका बेला सामूहिक रुपमा देउताको मन्दिरमा गए यो समस्या समाधान हुने, नभए कुनै एक महिलाले मात्र यसो गर्न सक्दैनन् । गाउँको सबैभन्दा ठूलो मष्टा देउताको मन्दिर विद्यालयमा छ । देवताको नाम लिन पनि डराउने अवस्थामा छाउ भएका बेला विद्यालय आउनुस् भन्ने अवस्था छैन ।’ कक्षा ५ मा पढ्दै गरेकी छात्रा ललिता बुढा पनि छाउ भएका बेला ६ दिनसम्म विद्यालय जाँदिनन् । ‘घरकाले स्कुल नजा भन्छन्,’ उहाँले भन्नुभयो, ‘छाउ भएका बेला म्याडम पनि आउनुहुन्न, त्यसैले म पनि ६ दिनसम्म स्कुल जाँदैन ।’साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले छाउपडी कुप्रथा अन्त्यका लागि आफूले नगरपालिकामा सेवा लिन आउने महिलालाई सधैँ छाउ भएका बेला सुरक्षित तरिकाले घरमा बस्नु होला भनेर सिकाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, विद्यालयमा शिक्षिकालाई नियमित बनाउन धेरै प्रयास गर्‍यौँ तर उहाँहरुले मान्नु भएन । मन्दिरको वरिपरि घेरा–पर्खाल निर्माण गरिदिन्छौँ, तपाईंहरु नियमित विद्यालय आउनु भन्यौँ तर उहाँहरुले छाउ भएका बेला सम्भव छैन भन्नुभयो ।’ अछाममा छाउ कुप्रथा व्याप्त रुपमा रहेको अवस्थामा त्यसमाथि देवताको मन्दिर नजिकै विद्यालय हुनुले पनि निकै समस्या छ । छाउ भएका बेला मन्दिरतिर हेरे पनि देउता लाग्छ भन्ने डर त्यहाँका किशोरी र महिलामा बसेको छ । साँफेबगरका अन्य क्षेत्रको भन्दा डिक्रेनीमा धेरै नै छाउ मान्ने चलन रहेको छ । त्यहाँ अहिले आएर धमाधम नयाँ छाउपडी गोठसमेत बन्न थालेका छन् । 

रासस

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय