पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश ७ मा मुख्यमन्त्री एमालेको कि माओवादीको

 ७ नम्बर प्रदेशमा बहुमत कसैको नभएकाले सरकार गठनको लागि कम्तीमा पनि दुई दलीय गठबन्धनको आवश्यकता रहेको छ ।

प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने २७ सांसद कुनै दलसँग छैनन् । २५ सिट पाएको एमाले २ सिटले बहुमतबाट बञ्चित भएको छ । कांग्रेसले १४, माओवादी केन्द्रले १२ र राष्ट्रिय जनता पार्टीले २ सिट जितेका छन् । वाम गठबन्धन कायम रहेमा उनीहरुकै प्रदेश सरकार बन्ने निश्चित छ । 

मुख्य मन्त्री को रु
वाम गठवन्धनकै सरकार गठन भएमा प्रदेशको मुख्यमन्त्री एमाले वा माओवादी कसलाई दिने भन्ने टुंगोमा वाम गठवन्धन पुगेको छैनन् ।

यद्यपी प्रदेश नम्वर ७ मा नेकपा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने चर्चा छ । सबैभन्दा बढी सिट जितेको नेकपा एमालेले प्रदेश सरकार गठनका लागि छलफल सुरु गरेको छ । 

माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सम्भावना रहेकोले गठबन्धनकै निर्णयको आधारमा अघि वढ्ने माओवादी केन्द्रको तयारी छ । माओवादीले मुख्य मन्त्री पाए कैलालीका नेता वीरमान चौधरीको प्रवल सम्भावना देखिएको माओवादी श्रोतको दाबी छ । माओवादीकै नेता झपट बोहराको पनि सम्भावना टरेको छैन । 

एमालेले मुख्य मन्त्री पाए सबैभन्दा बढी चर्चामा आएका कर्ण थापाको सम्भावना सकिएको छ । सामानुपातिकतर्फबाट महिलाको सङख्या नपुगेपछि थापा प्रदेशसभा सांसद समेत हुनु पाउनुभएन ।

एमालेकोतर्फबाट नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ लगायतको चर्चा छ । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री