पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा चिसो बढ्ेसंगै ७ नम्बर प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु ।। 

डडेल्धुरासहित ७ नम्बर प्रदेशका विभिन्न हिमाली तथा पहाडी जिल्लामा हिमपात सुरु भएको छ । हिमपातका कारण डडेल्धुरा लगायत पहाडी जील्लामा अत्यधिक चिसो बढेको छ । हिमाली जिल्ला बझाङ, बाजुरा र दार्चुला लगायतका जिल्लाहरूका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो एक्कासि बढेको हो । हिजो रातीबाट हावाहुरी पानी परेसँगै डडेल्धुरा लगायत प्रदेश नम्बर ७ का हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको हो । डडेल्धुरामा मंगलबार साझबाट हावाहुरी संगै पानीसमेत परेको थियो । हिमाली जिल्लाका हिमाली गाउँपालिकाहरूमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन । चिसो मौसम सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रुघा खोकीका बिरामीहरूको संख्यामा समेत वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । चिसोे बढेसँगै जिल्लाको मुख्य व्यापारिक केन्द्र बागबजारका फेन्सी पसलहरूको व्यापारमा समेत वृद्धि भएको छ । प्रदेश नम्बर ७ का अधिकांश किसानले आकाशे पानीको भरमा खेती गर्ने गरेका हुनाले पानी नपर्दा यस वर्ष उत्पादनमा निकै ह्रास आउने सम्भावना बढेको थियो लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका हिमाली भेगका किसानलाई भने हिमपातले धेरै राहत पु¥याएको छ । बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेका छन । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा