नवदुर्गाका एक व्यक्तिद्धारा सडक निर्माणका लागि ६० लाख बराबरको जग्गा उपलब्ध ।।

डडेल्धुराको नवदुर्गा गाँउपालिका–५ का एकजना स्थानिय नागरिकले सडक निर्माणका लागि भन्दै करिब ६० लाख बराबरको जग्गा उपलब्ध गराएका छन । निर्माणाधिन दाडिम–तल्कोट सडकखण्डका लागि ६२ बर्षिय स्थानिय नैन सिंह बोहराले स्वस्फुर्त रुपमा सो जग्गा उपलब्ध गराएका हुन । गाँउमा पहिलो पटक सडक पुग्न लागेको भन्दै उनले खुसीका साथ सो जग्गा उपलब्ध गराएको सोही वडाका वडाध्यक्ष धन बहादुर साँउदले रेडियो अमरगढीलाई जानकारी गराएका छन । सार्वजनिक कामका लागि बिभिन्न क्षेत्रमा जग्गा उपलब्ध नभइरहेका बेला उनले गरेको जग्गादान सराहनिय भएको भन्दै उनबाट अरुले समेत पाठ सिक्न आवश्यक रहेको वडाध्यक्ष साँउदले बताएका छन । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा