पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

परशुराममा हाजिरीजवाफ प्रतियोगीता हुने ।।

डडेल्धुराको भित्रि मधेशमा नगरस्तरिय हाजिरीजवाफ प्रतियोगीता हुने भएको छ ।  मिनबहादुर थापा मेमोरियल फाउण्डेशनको आयोजनामा यहि माघ १४ गते देखि परशुराम नगरपालिका स्तरिय प्रतियोगीता हुने भएको हो । 
स्वर्गीय मिनबहादुर थापाको दोस्रो स्मृतिका अवसरमा आयोजना हुने उक्त प्रतियोगीतामा नगरस्तरका १७ वटा मावि सहभागी हुने फाउण्डेशनका संरक्षक विरेन्द्र थापाले जानकारी दिएका छन् ।
सिद्धनाथ मावि जोगबुढामा सञ्चालन हुने उक्त प्रतियोगीतामा पहिलो हुनेलाई १० हजार,  दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार र २ हजार पुरस्कार राशी रहेको छ । विभिन्न सामाजिक कार्यमा क्रियाशील मिनबहादुर थापा मेमोरियल फाउण्डेशनले यसअघि सोही क्षेत्रमा राष्ट्रिय भलिवल प्रतियोगीताको आयोजना गरेको थियो ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा