पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा बर्षेनी सम्बन्ध विच्छेदका मुद्दा बढ्दै ।।

पछिल्ला बर्षहरुमा डडेल्धुरा जिल्लामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालतको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ६ महिने अवधीमा २२ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक बर्षमा जिल्ला अदालत डडेल्धुरामा दर्ता भएका कुल ४२ मुद्दा मध्ये २२ ओटा सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला अदालतको मुद्दा शाखामा कार्यरत खरिदार धर्मसिँह महराले जानकारी दिए । चालु आर्थिक बर्षमा लगत सरेका २५ मुद्दा समेत गरि ६७ मुद्दा दर्ता भएका छन् । पछिल्ला बर्षहरुमा जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये ४५ प्रतिशत भन्दा बढि सम्बन्ध विच्छेदका मुद्दा रहेका महराले बताएका छन् ।
गत आर्थिक बर्ष २०७३÷०७४ मा दर्ता भएका कुल ९९ मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दा २९ ओटा रहेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । चालु आर्थिक बर्षमा दर्ता भएका २२ ओटा सम्बन्ध विच्छेदका मुद्दा मध्ये ६ महिने अवधीमा ६ मुद्दा फच्र्यौट भएका छन् । 
वैदेशिक रोजगारीका कारण लामो समयसम्म श्रीमान् नफर्किएको, बालविवाह, बढ्दो घरेलु हिंसा, महिलामा आएको चेतना र श्रीमानले श्रीमतीको समान अस्तित्व नस्वीकार्ने प्रवृतीका कारण सम्बन्ध विच्छेद गर्नेको संख्यामा वृद्धि भएको नेपाल वार एसोसिएसन जिल्ला अदालत बार इकाई डडेल्धुराका अध्यक्ष अधिवक्ता बिष्णु भट्टले बताएका छन ।
चालु आर्थिक बर्षमा जर्वजस्ती करणी सम्बन्धि २, जर्वजस्ती करणी उद्योगमा १, घरेलु हिंसा सम्बन्धि २ र वहुविवाह सम्बन्धी २ मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ । गत आर्थिक बर्षमा पनि जर्वजस्ती करणी उद्योगमा २, जवजस्ती करणी सम्बन्धि २, घरेलु हिंसा सम्बन्धि ३ र वहुविवाह सम्बन्धी २ मुद्दा दर्ता भएका थिए । 
जिल्ला अदालत डडेल्धुराका अनुसार चालु आर्थिक बर्षमा दर्ता भएका कुल २२ ओटा ब्यक्तिवादी देवानी मुद्दा मध्ये ५ फच्र्यौट भइसकेका छन भने दुनियावादी देवानीका १४ ओटा मुद्दा विचाराधीन छन् । यसैगरि चालु आर्थिक बर्षमा ब्यक्तिवादी फौजदारी अभियोगका ३३ मुद्दा दर्ता भएकोमा १६ मुद्दा फच्र्याैट भईसकेका छन भने दुनियावादी फौजदारी सम्बन्धि २२ मुद्दा दर्ता भएकोमा ४ मुद्दा फच्र्यौट भइसकेका छन् । 
चालु आर्थिक बर्षमा ६ ओटा सरकारवादी फौजदारी अभियोगका दर्ता भएकोमा ४ मुद्दा फच्र्यौट भईसकेको जिल्ला अदालतले जनाएको छ । डडेल्धुरा जिल्ला अदालतमा चालु आर्थिक बर्षमा कर्तब्यज्यान सम्बन्धि कुनै मुद्दा दर्ता भएका छैनन् । गत आर्थिक बर्षमा ३ ओटा कर्तब्यज्यान सम्बन्धि मुद्दा दर्ता भएको र तीनओटै मुद्दा फच्र्यौट भई दोषीलाई सर्वस्वहरणसहित आजीवन कारावासको सजायको फैसला भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा